भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर बरामद

विराटनगर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। मोरङ सनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो।

करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ। बरामद ट्याक्टर भन्सार बुझाउने तयारी भइरहेको छ। बरडंगा नेपाल-भारत सिमाना हो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार