• गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु

    दाङ । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा न...

  • दोर्दीमा पठनपाठन सुरु

    लमजुङ । दसैंअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन सुरु गरिएको छ। कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन सुरु गरिएको हो। गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले कात्तिक ७ गतेबाट बन्द गर्ने र मङ्सिर ३ गतेदेखि सञ्चालन गर्ने निर्णयअनु...

  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    सुर्खेत । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु आन्दोलित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मंगलबार वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय समीर नेपालीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। बालकलाई उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो। मृतकका आफन्तले ठक्कर दि...

  • बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

    रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा.गौतमका अनुसार उनमा ज...

  • १६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ । ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्...

  • आस्थाको महापर्व छठको विधि आजदेखि शुरु

    जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । ...

  • झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

    काठमाडौं । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजे विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्ब...

  • रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट

    काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । ...

  • खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने

    काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो। तर महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो। बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह ...

  • ब्राउन सुगर र गाँजा सहित ८ युवा र १ युवती पक्राउ

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।लागुऔषध कारोबार र सेवन भइरहेको भन्ने थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मंगलबार राति १० बजेतिर ८ युवा र १ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक...