काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै निर्देशनमा ताला लगाइएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उहाँले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको बताउनुभएको हो । ...
समाचार
-
-
बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी
काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको छ । प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफ...
-
जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं : लामा
काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गर्नुभएको छ।आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो। ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक ...
-
अमेरिकी सैनिक जनरल ४ दिने भ्रमणमा आज नेपाल आउँदै
काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ । बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताउनुभयो । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख हुनुहुन्छ । शुक्...
-
रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव
काठमाडौं । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् । संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज...
-
त्रिविको परीक्षामा अर्को प्रश्नपत्र पनि पोहोरकै दोहोरियो, छानबिन गरिँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटकपटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो । मानविकी सङ्कायले जेठ १८ गते स्नातको...
-
अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई २५ रनले हराएको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बनायो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यस बाहेक अन्य कुनै ...
-
इम्बोस्ड नम्बर नेपाली भाषामा हुनुपर्ने लेखक संघको माग
काठमाडौँ । नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गर्नुभएको छ । अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको ले...
-
लिग टु : नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने ...
-
पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनाम...






















