काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी ...
समाचार
-
-
नेपाललाई चौथो सफलता, ओमानले ३१ रनमा ४ विकेट गुमायो
काठमाडौँ । ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दिप लामिछानेले चौथो सफलता दिलाएका हुन्। उनले सातौ ओभरको चौथो बलमा खावल अलीको विकेट लिए। त्यसअघि नेपालका लागि कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १–१ विकेट लिए। तेस्रो विकेट नेपालले रनआउटबाट ...
-
संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ । आजको कार्य व्यवस्थामा अमेरिकी म...
-
एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा.महत
चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’ उहाँले सत्ता गठबन्ध...
-
एमसीसीविरुद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त
काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ। प्रदर्शनका क्रममा झडपको स्थितिसमेत बनेको थियो । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी...
-
ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्नुभएको छ । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गर्नुभएको हो । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ ...
-
कमल थापाले भोलि पार्टी घोषणा गर्ने
काठमाडौँ । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै हुनुहुन्छ । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नुभएको हो । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग परा...
-
आज सर्वोच्चको फुलकोर्ट
काठमाडौं । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णय भएका थियो । सर्वो...
-
भारतमा ३८ जनालाई फाँसीको सजाय सुनाइयो
एजेन्सी । भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । ...
-
बीस गोही राप्तीमा छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले ...