• संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव

    कालिकोट । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो । विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको...

  • नेप्सेमा ३.६६ अंकको गिरावट

    काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा ...

  • पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    पोखरा । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्क...

  • अब एमाले अवरोध छोडेर संसदीय प्रक्रियामा आउँछ : कानुन मन्त्री

    काठमाडौं । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब संसदीय प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न महाअभियोग सिफारिस समिति बनेपछि कानुन मन्त्री बडुले समितिमा एमालेले पनि सदस्य पठाएर संसदीय प्रक्रिया स्व...

  • फागुन २९ गतेसम्मका लागि संसद् बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभ...

  • पूर्वका १२१ सीमा स्तम्भ गायब

    झापा । दुई देशबीचको सीमा केले छुट्याउँछ रु प्रस्ट छ, दुवै देशले आपसमा तय गरेको कुनै सीमा स्तम्भ वा नदीनालाले । भारतसँग जोडिएको नेपालको इलाम–झापाको पाटापुर, दुधेचौरीदेखि गौरीगन्जको खजुरगाछीसम्म करिब १ सय ४४ किलोमिटर खुला सिमानामा दुवै देशले आपसी सहमतिमा झन्डै एक हजार सीमा स्तम्भ (पिलर) स्थापना गरेका थिए तर तीमध्ये १ सय ...

  • ढुङ्गेधाराको तरकारी बजारमा आगलागी हुँदा ७० स्टल जले

    काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन् । काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर र...

  • कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

    काठमाडौँ । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अध...

  • दमौलीको आगलागी निभाउन हेलिकप्टर प्रयोग

    तनहुँ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ । आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्य...

  • माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डले एमसीसीबारे जवाफ दिने

    काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ। यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता...