• टिकट वितरणको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको छ । तर, उहाँको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारी...

  • कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन : अध्यक्ष बस्नेत

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो । अध्यक्ष...

  • कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    काठमाडौं । कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्...

  • रघुगंगा गाउँपालिकाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित(तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाल...

  • थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ७८ पीसीआर परीक्षणमा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परीक्षणमा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...

  • ओलीको कटाक्ष : एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए

    वीरगञ्ज । एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाउनुभएको छ । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उहाँले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनुभएको हो । ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त ...

  • विद्यालय जाँदै गरेकी छात्राको हत्या

    काठमाडौँ । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोसी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युसन पढ्न निस्कि...

  • चुनाव जित्नमात्र गठबन्धन गरेका होइनौं : मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताउनुभएको छ । गोदावरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार पर...

  • नेविसंघले बुझायो परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही गरेक...

  • निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की

    काठमाडौँ । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ।निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलवारको छलफलमा चर्काचर्की भएको छ। आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्...