काठमाडौँ । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ ।सोमबार ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघरसंस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । ‘बुधबार सोनाम ल्होसारको उ...
समाज
-
-
भिम रावल नक्कली पिएचडी हुन् : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावललाई नक्कली पिएचडीको आरोप लगाउनुभएको छ। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिनुभयो।...
-
नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त
काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बताउनुभयो । डा. अधिकारीले भन्न...
-
सामुदायिक अस्पताल निजीभन्दा अब्बल बन्नु पर्छः शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्याले सामुदायिक अस्पतालहरु निजीभन्दा अब्बल हुनुपर्ने बताउनुभएको छ । उहाँले त्रि.वि. शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गर्नेक्रममा यस्तो बताउनुभएको हो। अस्पतालमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्द...
-
नेविसंघको महाधिवेशन गर्न हामीले जोड दिएका छौं : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनु...
-
उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अ...
-
रहेनन् पूर्वमन्त्री सुवेदी
काठमाडौँ । पूर्वमन्त्री रेग बहादुर सुवेदीको निधन भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षीय सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक–पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा सूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्...
-
१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको छ : अध्यक्ष निरौला
काठमाडौँ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताउनुभएको छ । उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बो...
-
आगो तापिरहँदा टिप्परले किच्दाँ २ को मृत्यु, ३ घाइते
बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षीय रामु थ...
-
लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित
बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन्। अन्य चार विधेयकमध्ये प्...


























