• थप ५,५८३ जनामा कोरोना संक्रमण,८२६७ संक्रमण मुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • रहेनन् पूर्वमन्त्री सुवेदी

    काठमाडौँ । पूर्वमन्त्री रेग बहादुर सुवेदीको निधन भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षीय सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक–पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा सूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्...

  • आगो तापिरहँदा टिप्परले किच्दाँ २ को मृत्यु, ३ घाइते

    बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षीय रामु थ...

  • थप ५२९२ जनामा कोरोना संक्रमण, ८१९१ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७...

  • ब्राजिलमा बाढी र पहिरोका कारण १८ जनाको मृत्यु

    एजेन्सी । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ। बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्। बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्। ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो शहरमा ...

  • बञ्चरो प्रहार गरी बुबाको हत्या

    काठमाडौँ । कञ्चनपुरमा आफ्नो पिताको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए। घाइते कार्क...

  • चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

    एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो। तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ।...

  • वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा देखियो कुष्ठरोग

    काठमाडौँ । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ। नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा...

  • भारतमा विद्युतीय बसका कारण ठूलो दुर्घटना, ६ को मृत्यु

    एजेन्सी । आइतबार कानपुरमा तीब्र गतिको विद्युतीय बसका कारण ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार बसले तीन कार र थुप्रै बाइक यात्रीलाई जोत्दै ६ जनाको ज्यान लिएको छ र १० भन्दा बढी दुर्घटनामा घाइते भएका छन् । प्रहरी पूर्वी उपायुक्त प्रमोद कुमारका अनुसार हालसम्म दुर्घटनामा ६ जना मारिएको पुष्टि भइसकेको छ जसमा तीनजनाको सन...