• मोबाइल पड्किँदा किशोरीको मृत्यु

    डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति म...

  • पेस्तोलसहित एकजना पुरुष पक्राउ

    काठमाडौं । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् । इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्ध...

  • उदयपुमा आगलागीबाट ३ वर्षीय बालकको मृत्यु

    उदयपुर । उदयपुरको कटारीमा अघिल्लो साँझ भएको आगलागीमा परी एक ३ वर्षीय बालकको निधन भएको छ । आईतबार साँझ ७ बजे भएको आगलागीबाट ३ परिवारका ३ घर ३ मतान र गोठ जल्दा त्यसभित्र रहेका लाखौं बराबरको धनमाल र चौपाया नष्ट भएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका १० पाल्सिङ थुम्काका प्रकाश थापाको परालको कुनिउबाट एक्कासी सल्केको आग...

  • नाली खन्दा बम भेटियो

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...

  • अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ घाइते

    बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्य...

  • बिरामी श्रीमतीको कुरूवा बसेका श्रीमान्‌को मृत्यु

    धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा...

  • भिरबाट लडेर एक युवकको मृत्यु

    बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प...

  • मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु

    लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक ट...

  • सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट

    सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयको सहय...

  • चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ। शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढ...