जनकपुरधाम । सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ।ईश्वरपुर नगरपालिका-६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आ...
घटना
-
-
चौलानी नदीमा एक युवक मृत फेला
दैलेख । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए । “रमेशको कसरी मृत्यु भयो ...
-
२ किलो युरेनियमसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रा...
-
भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण द...
-
१० वर्षपछि अपहरण मुद्दाका दोषी पक्राउ
सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको ब...
-
दक्षिण अफ्रिकी जुलु राजा गुडविलको निधन
जोहानेसबर्ग, एएफपी । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गुडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गुडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ । राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका ...
-
बर्दियामा बाघको आक्रमणबाट आठ जनाको मृत्यु
बर्दिया । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्र...
-
दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
सउल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन...
-
भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । किशोरलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाए...
-
चितवन निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिएका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको कोर इलाका नारायणी नदी कलकत्ता टापु सेहरीमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो। भाले गैंडाहरू आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। मृत एक सि...









