• श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

    कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ...

  • सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडप हुँदा २५ भन्दा बढी घाइते

    रौतहट । चुनाव प्रचारको अन्तिम दिनको साँझ सर्लाहीमा दुई पक्षबिच झडप भएको छ। चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलवार साँझ सर्लाहीको गोडैतानगरपालिका ६ मा दुई वडाध्यक्ष उम्मेदवारले शन्ति प्रदर्शन गर्ने क्रममा एकै ठाउँमा जम्काभेट भएपछि झडप भएको हो। वडा नम्बर ६ रामवनमा नेकपामाओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ...

  • नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोव...

  • भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बाँकेमा हुने

    काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँक...

  • पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

    तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्...

  • रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

    रोल्पा । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा ...

  • एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका–१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच÷छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै...

  • रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप

    दाङ । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्...

  • सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृत फेला

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी...

  • आफैंले पालेको राँगाले हान्दा बावुको मृत्यु, छोरी घाइते

    लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ...