सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडप हुँदा २५ भन्दा बढी घाइते

रौतहट । चुनाव प्रचारको अन्तिम दिनको साँझ सर्लाहीमा दुई पक्षबिच झडप भएको छ। चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलवार साँझ सर्लाहीको गोडैतानगरपालिका ६ मा दुई वडाध्यक्ष उम्मेदवारले शन्ति प्रदर्शन गर्ने क्रममा एकै ठाउँमा जम्काभेट भएपछि झडप भएको हो।

वडा नम्बर ६ रामवनमा नेकपामाओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल काकार्यकर्ताहरु एउटै सडकमा आमनेसामने भएपछि दोहोरो भीडन्त हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । नेकपा माकेबाट वडाध्यक्ष उम्मेदवार पवन देवी गुप्ता र लोसपा नेपालबाट वडाध्यक्ष उम्मेदवार प्रकाश प्रसाद गुप्ता आफ्ना समर्थकहरु सहित शक्ति प्रदर्शन गर्ने क्रममा रामवनमा भेटिएपछि दुवै काकार्यकर्ताहरु बिच झडप हुन पुगेको हो।

झडपमा घाइते भएकाहरुको उपचार स्थानी यक्लिनिकमै भएको छ। दुईपक्षबिच झडप भएपछि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। रामवनमा १० भ्यानप्रहरी पुगेको र स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चुनाव प्रचारको अन्तिम दिन उम्मेदवार तथादलले आफ्नो पक्षमा जनमत रहेको देखाउन सम्भवभ एसम्मको विशाल जुलुस प्रदर्शन गर्ने गर्दछ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार