काठमाडौं । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगा...
मुख्य समाचार
-
-
थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि , ५४८८ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा ...
-
म्याग्दीमा भयावह बन्दै कोरोना : एकैदिन थपिए २३५ जना संक्रमित ,एकको मृत्यु
बेनी ।म्याग्दीमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय म्याग्दीका अनुसार म्याग्दीमा थप २३५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ८७९ पुगेको छ । कोरोना संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना,...
-
हुम्लाका दुई गाउँपालिका ‘सिल’
सिमकोट । हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ । ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल ...
-
राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी...
-
रौतहटमा कोरोनाका संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु
रौतहट । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बत...
-
कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकोले शनिबारदेखि थप बिरामी भर्ना गर्न नसक्ने बताएको हो । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेकोले कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन ...
-
घरझगडाको निहुँमा छोराद्धारा बाबुको हत्या
दुल्लु । घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ । डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । nagarik...
-
बाँकेमा थप ५ कोरोना संक्रमितको मृत्यु
बाँके । बाँके अस्पतालमा भर्ना भएका थप पाँच संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भा...