• नवलपरासीमा उखु खेती घट्दै

    नवलपरासी । उखुको भुक्तानी समयमा नपाउने समस्याका कारण नवलपरासीका किसानहरुले उखु खेती छाड्दै गएका छन् । तयार उखु क्रसिङ्गका लागि मिल गेटमा लिएर पुग्दा मिलहरुले उखु सस्तो र उधारोमा किन्ने, एक÷एक हप्ता क्युमा राखिदिने झन्झट र क्रसिङ्ग भएसकेपछि पनि भुक्तानीका लागि आलटाल गर्ने समस्याले किसानहरुले उखु खेती छाडदै गएका हुन् । ...

  • झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

    काठमाडौं । झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्। मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ । बा ७९ प ७८८५ नम्बरको मोटरस...

  • लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ

    झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी, भारत किशनगंञ्जका ३० वर्षीय मो...

  • गण्डकी प्रदेशमा १६ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

    पोखरा । गण्डकी प्रदेशमा १६ हजार भन्दा बढीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । सरकारले फ्रन्टलाइनमा खटिनेहरुका लागि पहिलो चरणमा शुरु गरेको खोप एकसातामा प्रदेशका ११ जिल्लाका १६ हजार ५ सय ५१ जनाले लगाएका हुन् । गण्डकी प्रदेशमा पहिलो चरमा सरकारले १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप दिइँदै छ । प्रदेश स्वास्थ्य निर...

  • आगलागीमा सात वर्षीय बालकको मृत्यु

    खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो। मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँ...

  • केन्द्र विवादमा मादी गाउँपालिका कार्यालयमा तालाबन्दी

    कास्की । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी-३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट...

  • नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

    पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो । स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि ...

  • फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उन...

  • भिजेर काम नलाग्ने भयो २८ करोडको मल

      काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भ...

  • संसदीय सुनुवाइविना संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी

    काठमाडौँ । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ ।संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...