आगलागीमा सात वर्षीय बालकको मृत्यु

खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो। मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए।

जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर बचाएका छन्। आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको स्थानीयले बताएका छन्। बाल बिकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार