• अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयक...

  • के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्...

  • तस्बिरमा झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । मगर,दलित थकाली र ब्राहामण समुदायको बसोबास रहेको झिँ गाउँ साँकृतिक रुपमा पनि धनी छ । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको झिँ गाउँ र यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे ,मानापाथि लगायत हिमालको दृश्यले सबैलाई मोहित गरिदिन्छ...

  • जलजला गाउँपालिकामा भवन निर्माण सुरु

    जलजला । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आ...

  • मंगलाको बुकेनीमा खेलमैदान उद्घाटन,विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –४,बुकेनी स्थित गांम्फा युवा क्लबको वार्षिक उत्सव मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेभएको छ । गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा यहि पुस २६ गतेदेखि माघ १ गतेसम्म कार्यक्रम सञ्चालन हुन लागेको हो । क्लब अध्यक्ष अमिन रोकाका अनुसार पुरुष ,महिला र प्रौढ भलिबल ...

  • प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो ...

  • एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

    बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ ।विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता...

  • धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...

  • रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...

  • ‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो । मेलम...