तस्बिरमा झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

  साधन राम्जाली

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । मगर,दलित थकाली र ब्राहामण समुदायको बसोबास रहेको झिँ गाउँ साँकृतिक रुपमा पनि धनी छ । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको झिँ गाउँ र यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे ,मानापाथि लगायत हिमालको दृश्यले सबैलाई मोहित गरिदिन्छ ।स्थानीयबासीले मकै भण्डारण गर्न बनाइएका थेम्चा र घुमाउरे थाङ्ग्रो सँगै हिमाललाई पृष्ठभुमी बनाएर फोटो खिच्न टाढाटाढाबाट पर्यटक आउने गरेका छन् । यहाँ सञ्चालित सामुदायिक होमस्टेले यहाँ आउने पाहुनालाई सहज भएको छ ।

तस्बिर : साधन राम्जाली/म्याग्दी न्युज डटकम 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार