मंगलाको बुकेनीमा खेलमैदान उद्घाटन,विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका –४,बुकेनी स्थित गांम्फा युवा क्लबको वार्षिक उत्सव मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेभएको छ । गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा यहि पुस २६ गतेदेखि माघ १ गतेसम्म कार्यक्रम सञ्चालन हुन लागेको हो । क्लब अध्यक्ष अमिन रोकाका अनुसार पुरुष ,महिला र प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । त्यसैगरी सो–डान्स ,लठ्ठो तान्ने र अन्धनिसान लगायत प्रतियोगिता सञ्चालन हुने उहाँले बताउनुभयो ।

पुरुष भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ६० हजार र ३५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । क्लब सचिव ओमबहादुर थापाका अनुसार ,प्रौढ भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी महिला भलिबल विजेता र उपविजेताले क्रमशः२० हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

माघ १ गते चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्मा लगायत स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । उत्सव मेलालाई शान्तिपुर्ण र भव्यरुपमा सम्पन्न गर्नको लागि तयारीलाई तिब्र पारिएको क्लब अध्यक्ष रोकाले बताउनुभयो ।  सामाजिक क्रियाकलापमा सक्रिय युवा क्लबकाे खेलमैदान निर्माण  गरिएकाे छ । साथै साेही अवसरमा नवनिर्मित बुकेनी खेलमैदान  उद्घाटन  तथा सहयाेगदाताहरुलाई सम्मान गरिने भएकाे छ  । गाउँपालिकाकाे ८ लाख रुपैयाँ बजेटमा  खेलमैदान निर्माण गरिएकाे छ । भने  बुकेनी आमा समुहले जग्गा खरिदको लागि पाँच लाख सहयोग गरेको थियो । भने विभिन्न देशमा रहेका बुकेनीबासीबाट सात लाख रुपैयाँ सहयाेग प्राप्त भएकाे थियाे ।  जग्गा खरिद र खेलमैदान निर्माणको लागि मंगला–५,पिपलबोटका समाजसेवी विरेन्द्र बुढाथोकीले एक लाख रुपैयाँ सहयोग गर्नुभएको क्लबका संस्थापक संरक्षक दुर्गा रोका मगरले बताउनुभयो । खेलमैदान निर्माण गर्दा स्थानीयबासीले श्रमदान समेत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार