• समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको...

  • दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

    बेनी । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप विविध सांगितिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका–६,स्थित पश्चिम म्याग्दी यृवा क्लबको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको...

  • बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

    बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि न...

  • मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा खड्का (तस्बिरहरु)

    बेनी ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको संघको पाँचौ महाधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६,घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको थिय...

  • म्याग्दीमा समाजवादी मोर्चा गठन ,संयोजकमा जुग्जाली

    बेनी। नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशमबहादुर जुग्जालीको संयोजकत्वमा म्याग्दीमा समाजवादी मोर्चा नेपाल गठन गरिएको छ । चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले जुग्जालीलाई संयोजक चयन गरेको हो । संयोजक जुग्जाली गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री समेत हुनुहुन्छ । ...

  • गुरुङले जिते मोना मिनी म्याराथुन प्रतियोगिताको उपाधि

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिताको उपाधि गोरखाका नवराज गुरूङले जित्नुभएको छ । मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागि शुक्रबार विहान आयोजित मिनी म्याराथुन प्रतियोगितामा शत्रुभञ्जन गुल्मका गुरुङले १८ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो। सदर...

  • प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)

    म्याग्दी । सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला ग...

  • प्रथम मोना कप उपाधिका लागि पुरुषतर्फ बेनी र मंगला गाउँपालिका तथा महिलातर्फ अन्नपुर्ण र मालिका गाउँपालिका भिड्दै

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी सार्वधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगिताको पुरुषतर्फ बेनी नगरपालिका र मंगला गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा बुधबार भएको सेमिफाइनल खेलमा रघुगंगा गाउँपालिकालाई पराजित गर्दै मंगला फाइनल प्रवेश गरेको हो । भने विहिबार सम्पन्न अर्को सेमिफाइनल खेलमा मालिक...

  •  प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिता...

  • चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन

    बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवस...