प्रहरीको गोली लागेका राउतको निधन

  म्याग्दी न्युज संवाददाता

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो ।

याे पनि पढ्नुहाेस्

ईपीएस आन्दोलनकारीले जलाए मन्त्रीको गाडी

गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ः४० बजे अस्पताल ल्याइपुर्याएकोमा १ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिनुभयो । शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार