तनहुँ । तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपच...
समाचार
-
-
सिन्धुपाल्चोक पहिरो: नौ शव भेटिए, २२ जना बेपत्ता
सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नौ जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका ...
-
बाँकेमा ससुराले ज्वाइँलाई विषालु फल खुवाएर हत्या गरेको आरोप
दाङ । बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं.२० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो। शत्रुहन शनिबार दिउँसो आफ्नी श्...
-
रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरीको मृत्यु
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै ...
-
रुखको हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु
चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सू...
-
सिन्धुपाल्चोक पहिरो:७ जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको ...
-
नेपाल प्रहरीका २,९१३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६ सय ५२ जना उपचाररत रहेका छन् । उपत्यकामा खटिएका प्रहरी कर्मचारी सबैभन्दा बढी प्रभावित छन् । १ हजार ६ सय ५२ जना सक्रिय संक्रमितमध्ये ७ सय ४२ जना उपत्यकामै रहेका छन् । ...
-
गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो
कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...
-
लागूऔषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
झापा । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी...
-
चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु
चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो । ‘क्यान्सरको पुरानो स...