ओखलढुंगाका वडाध्यक्ष राई रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि पक्राउ

काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए ।

वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेको डीएसपी खड्काको भनाइ छ । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् । पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार