दोलखामा कोरोनाबाट वृद्धाको मृत्यु

दोलखा । कोरोना भाइरसका कारण दोलखामा बुधबार राति एक वृद्धाको मृत्यु भएको छ।

यो दोलखा जिल्लाभित्र कोरोनाका कारण पहिलो मृत्युको ‘केस’ भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। यसअघि जिल्लाबाट उपचारका लागि राजधानी लगिएका र राजधानीमै रहेका संक्रमितको मृत्यु भएको थियो। कोरोनाका कारण बुधबार राति ज्यान गुमाएकी वृद्धा जिल्लाको वैत्येश्वर गाउँपालिका ७ की रहेको बताईएको छ। उनको उमेर ८१ वर्ष थियो। दम र निमोनियाका कारण थलिएकी उनलाई प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख बिभुकुमार झाले जानकारी दिए। मृतक महिला १५ दिन अघि परिवारसहित भारतबाट आएकी थिईन्। शवलाई सेनाले सुरक्षित स्थानमा लगेर अन्त्योष्टी गर्ने तयारी गर्दैछ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार