सुनसरी र मोरङमा थप दुईजना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सुनसरी र मोरङमा २ जनाको मृत्यु भएको छ । मोरङको रंगेलीमा ७२ वर्षी पुरुषको गएराति र सुनसरी धरानका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

रंगेलीका पुरुषको आइसियूमा उपचार भइरहेको थियो । अर्का पुरुषमा दीर्घरोग नदेखिएको चिकित्सकले बताएका छन् । दुबैजनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार