• पार्टी निर्णयविपरीत बोल्ने रावललाई स्पष्टीकरण सोध्नुपर्छ : बस्नेत

    धनगढी । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्‌मा आफ्ना धारणा राखेको भन्दै नेता डा.भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद्को नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाउनुभयो ...

  • टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चारको मृत्युपछि नगरपालिकाले दियो शोक बिदा

    बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी...

  • पोखरामा परेको भीषण असिनापानीले ११ करोड बराबरको क्षति

    कास्की । पर्यटकीय नगरी पोखरामा आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखर...

  • अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

    एजेन्सी । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ । केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ । विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिनुभएको हो । युक्रेनमा अष्ट्रेलियाली दुत...

  • उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढ...

  • प्रदेश १ को नाम पहिचानसहितको हुनुपर्ने जसपाको जोड

    विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प...

  • मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित

    धनुषा । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो । ‘आफैँ ...

  • युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज

    एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ। युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ। विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ।...

  • निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । कोभिडको...

  • शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

    काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघब...