• टिपरमा भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

    चितवन । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर...

  • स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ । सरकारबाट निर्वाचनको मिति घोषणा हुनासाथ कार्यतालिका सार्वजनिक गर्ने गरी आवश्यक तयारी थालेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी जारी राखेको भन्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले कार्यतालिका भने सरकारले निर्वाचनको मिति घोषणा गर्नासाथ ...

  • जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित

    धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले...

  • म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)

    बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...

  • म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा

    एजेन्सी । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ । देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा द...

  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका  अध्यक्ष क्याप्टेन  डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...

  • लुम्बिनी प्रदेशसभाले स्थापना दिवस मनाउँदै

    बुटवल । लुम्बिनी प्रदेशसभाले शुक्रबार आफ्नो स्थापना दिवस मनाउँदै छ । कोभिड–१९ का कारण यस वर्ष भर्चुअलरूपमा स्थापना दिवस मनाउने निणएय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । स्थापना दिवसका अवसरमा प्रदेशसभाले प्रदेशमा रहेका १२ जिल्लाका माध्यमिक विद्यालयमा ‘संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता...

  • महासचिवका दावेदार पुन र शर्मालाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुईजना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आउनुभएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा बस्नुभएको छ । त्यस्तै, महासचिवका अर्का दावेदार जना...

  • डिजिटल नेटवर्किङ व्यवसायमा नलाग्न अर्थमन्त्री शर्माको आग्रह

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको छ । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैर कान...

  • ११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट

    काठमाडौं । सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा कूटनीतिक प्रकारका पासपोर्ट जारी भएको हो । यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार व...