शिक्षकहरुद्धारा कोरोना कोषमा ५ लाख २९ हजार रुपैयाँ बढी सहयोग

बेनी ,विहिबार असार ०४ गते ।
म्याग्दीको मालिका गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकहरुले संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा सामुदायीक विद्यालयमा अध्यापनरत १७० जना शिक्षकले पाँच लाख २९ हजार ८३५ रुपैयाँ सहयोग गरेका हुन् ।

आधारभुत तहका शिक्षकहरुले तीन दिन र माध्यामिक तहका शिक्षकहरुले पाँच दिन बराबरको तलब गाउँपालिकाका अध्यक्ष रोका मगरलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको गाउँपालिकाका श्रोत व्यक्ती तेजप्रसाद लामिछानेले जानकारी दिनुभयो । सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकहरुले पाउने तलब र हैसियत अनुसार स्वतस्फुर्त रुपमा सो आर्थिक सहयोग रकम जम्मा गरिएको श्रोत व्यक्ती लामिछानेले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली मगर ,लेखा अधिकृत फनिन्द्र प्रसाद आचार्य ,शिक्षा अधिकृत अशोक रिजाल,नेपाल शिक्षक महासंघ मालिका अध्यक्ष डम्मरबहादुर घर्ती मगर ,जनप्रिय माविका प्रअ दिवाकर सुवेदी लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार