पर्वत रपर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।
अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने एक जनाको बागलुङ्ग अस्पतालमा मृत्यु भएको छ । अहिले सम्म ३४ जना गम्भीर घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्ठौ लैजाने तयारी भैरहेको छ ।
घटनास्थलमा उद्दार सकिएको र घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते लाई थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।