बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

म्याग्दी ,शुक्रबार माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर-छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री प्रथम, वेष्ट प्वाइन्टका बिजय पुन द्धितिय र माउण्ट एभरेष्टका प्रमिश कार्की तृतिय हुन सफल भए । त्यस्तै छात्रातर्फ गलेश्वर माविकी रमिला खत्री प्रथम, म्याग्दी एकेडेमिकी दिया खत्री द्धितिय र जनकल्याण माविकी करुणा बानियाँ तृतिय हुन सफल भए ।

भलिबल,कबड्डी, एथलेटीक्स र मार्सल आर्टको विभिन्न ४८ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगितामा बिजयी विद्यालयलाई नगद रु ५० हजार, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक एवम बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनका अनुसार द्धितिय र तितृय हुने विद्यालयलाई क्रमशः नगद रु ३५ हजार २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले प्रतियोगिताले विद्यार्थीहरुमा अन्र्तरनिहित खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश सरकारले हरेक स्थानीय तहमा व्यवस्थित खेलमैदान निर्माण गर्ने निति लिएको बताउँदै खेलकुदको विकासमा स्थानीय, प्रदेश र संघिय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले प्रतियोगिताले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता, उपमेयर सञ्जु बरुवालको स्वागत, प्रतियोगिताका संयोजक श्रेष्ठको मन्तव्य एवम नगरपालिकाका शाखा अधिकृत विश्वप्रकाश रेग्मी र रमेश कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता सुरु हुनुपूर्व बेनीमा झाँकी सहितको प्रभातफेरी ¥याली गरिएको थियो ।

यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । म्याग्दीमा यस अघि अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार