युवाहरुद्धारा ज्यामरुककोटका तीन अतिविपन्नलाई आर्थिक सहयोग
बुधवार, फाल्गुन २९ गते
। म्याग्दी न्युज संवाददाता
धु्रबसागर शर्मा म्याग्दी बुधबार फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लवले आफ्नो वडा भित्रका ३ जना अतिविपन्न परिवारलाई जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
लेखसाइड युथ क्लवमा आवद्ध युवाहरुले देश विदेशमा रहेका ज्यामरुककोटेहरुबाट सहयोग संकलन गरी विभिन्न सामाजिक कार्यहरुका अतिरिक्त गरिब,बिमारी र बेसहारा व्यक्तिहरुलाई सहयोग गर्ने भएका हुन् ।
गत सोमबार सम्पन्न दोस्रो महाशिवरात्री मेलाबाट बचेको रकम वडाका तीन जना अति विपन्न परिवारलाई जनही रु ५÷५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय भएको लेखसाइड युथ क्लवका अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो ।
थापाका अनुसार आफ्ना छोरा बुहारीले २ जना नाति सहित छोडेर गएपछि बेसहारा बनकी जमुना विकलाई रु ५ हजार,गत असोजमा घरलिप्ने रातो माटो खन्ने क्रममा मड्किनोमा पुरिएर मृत्यु भएकी कल्पना बोहोराको परिवारलाई रु ५ हजार र बेनपा २ गौश्वारा निवासी भद्रवहादुर किसानको परिवारलाई रु ५ हजार सहयोगको निर्णय गरिएको र सो रकम छिटै पीडितका परिवारलाई उपलव्ध गराइने उहाँले बताउनुभयो ।
युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान र युवा क्लवको आफ्नै भवन समेत निर्माण गरेका छन् ।
गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र बाँकी श्रमदान गरेर प्याराफिट सहितको खेल मैदान निर्माण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले दिएको जानकारी पाँच दिनसम्म संचालन भएको महाशिवरात्री मेलामा रत्यौलीगीत प्रतियोगिता,छेलो,लठो तान्ने,खुल्ला भलिवल लगाएतका प्रतियोगिताहरु आयोजना गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट करिब ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष थापाले बताउनुभयो । ‘आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुसीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट स्वतस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ’ अध्यक्ष थापाले भन्नुभयो ‘यसबाट हामीलाई झन हौंसला मिलेको छ ।’
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…