रत्नेचौरमा मगर भाषा संरक्षण सम्बन्धी कक्षा सञ्चालन

बेनी,बुधबार जेठ १५ गते ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयमा बुधबारदेखि मगर भाषा कक्षा सुरु भएको छ । मगर भाषा संरक्षण गर्ने उद्देश्यसहित रत्नेचौरमा मगर भाषाको कक्षा सञ्चालन गरिएको हो ।

जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मगर भाषासम्बन्धी कक्षा आयोजना गरिएको मगर संघले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकठ्ठा मगरले भाषा, कला र संस्कृति राष्ट्रको गहना भएकाले यसको सबैले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले नेपालको विकास निर्माणमा मगर समुदायले विशेष योगदान पु¥याएको भन्दै राज्यले उचित तरिकाले सम्मान गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रम मगर भाषा संरक्षण अभियानका संयोजक तिलकबहादुर थापामगरको अध्यक्षता र सस्तविर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । रत्नेचौरका अन्य विद्यालयहरुमा पनि मगर भाषाको कक्षा सञ्चालनको तयारी गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार