राखुका मुटु रोगीलाई आर्थिक सहयोग

अनिल पौडेल
बेनी शुक्रबार जेठ २४ गते ।

रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई करिब डेढ लाख सहयोग प्राप्त भएको छ । रोजी भण्डारी नेत्तृत्वको समुहले संकलन गरेको ४२ हजार रकम रोजीका भाइ इश्वर भण्डारीले आज हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै भण्डारीले घर परिवारको खुशिको लागि र नेपालको अवस्थाको कारणले बैदेशिक रोजगारमा गएका युवा युवतीहरुले दुख पर्दा गरेको यो सहयोगबाट आफु प्रभावित भएर आफुले पनि सहयोग गरको र आफ्नो ठाउँमा दुख पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने उनको धारणा छ ।

बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार संगै एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको लागि मिति लिएर घरमा आराम गरेको साकीले बताए ।

अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया र सामजिक बिकास मन्त्रालयको एकलाख रुपैयाको छुट गरि करिव ७ लाख रुपैया खर्च भएको उनकी श्रीमती जुना सार्कि बताउछिन । बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार ,भिमसेन सार्कि नेत्तृत्वको समुहले १२ हजार पाँच सय ,बिष्णु भण्डारीबाट ७ हजार ,इश्वर भण्डारीबाट १२ हजार सहयोग उठाई अव अझै एउटा बाकी अप्रेशन गर्न लागिएको बद्रश फूड स्टेशनका संचालक इश्वर भण्डारीले जानकारी दिए । सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलो रकम लाग्ने भएकोले सबैले सहयोग गरिदिनुहुन परिवारले अपिल समेत गरेको छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार