
अतीत मुस्कुराउँछ
सुजन बैरागी फेरी जाकारान्डाका फूलहरू झर्ने मौसम आएछ । आज फेरी झरेका ती फूलहरूले र झरेका फूललाई आफूमा सजाएर राख्ने त्यो सेतो बेन्चले मलाई त्यो दिनको झझल्को गरायो । ती पलको झझल्को…
बसन्त चौधरी /काठमाण्डौं, विहिबार साउन ९ गते ।
आउ मेघा
वाफिएको जीवनको गर्मी संगै
खडेरीको तापमा
तिमी पानी बनेर आउ
र,
वृष्टिगर,
शीतल र सौम्य जलधारा
माथी(माथी हिमालबाट बोकेर
शीतलता छर्दै
रझाऊँदै र पखाल्दै
लहराऊँदै र झुम्दै
आउ मेघा आउ
यहाँ उष्ण बढेको छ र
पोलेको छ मन !
शिशिरको उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आउ
फुलाउ सुन्दर(सुन्दर फूलहरु
मगमगाउँदा, भरभराउँदा
तिम्रो निर्मल थोपा(थोपाबाट
सुन्दरता बिसाएर,
पोख्दै(पोख्दै
उराठ शिशिरलाई
वसन्त पार !
आउ मेघा आउ
पतझड हाँस्दैछ !
समयका पल प्रतिपल संगै
उषाका स्वर्णिम किरणका
काखमा बसेर
सुर्यको सुनौलो रंगले रंग्याउँदै
मेरो जीवनको प्रत्येक अन्धकारलाई
नयाँ बिहानिको सुन्दरताले नुहाएर
नास गर सारा धमिलो
आउ मेघा आउ
अध्यारो ममा बाक्लिंदैछ !
काठमाडौँ ( सावन ४, २०७६
सुजन बैरागी फेरी जाकारान्डाका फूलहरू झर्ने मौसम आएछ । आज फेरी झरेका ती फूलहरूले र झरेका फूललाई आफूमा सजाएर राख्ने त्यो सेतो बेन्चले मलाई त्यो दिनको झझल्को गरायो । ती पलको झझल्को…
उमेश थापा मगर लगाउॅंछु नजर राम्री तिर,ठोकिन्छ कि कतै ईशारा मनको बुझी उनि,रोकिन्छ कि कतै आज सम्म त सम्हाल्दैथे ,बहकिने यो मन उन्कै निम्ती साचेको माया,पोखिन्छ कि कतै लुकिछिपी भेट्दै हामी,सुनसान त्यो…
१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ । २.पहाड तराई…