काभ्रेमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

बेनी,शुक्रबार असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण शुक्रबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–४मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनीबाट जोमसोमतर्फ र जोमसोमबाट बेनीतर्फ हिँडेका सबै सवारी साधन रोकिएका छन ्। यात्रामा रहेका तीर्थयात्री, पर्यटकहरु अलपत्र परेका छन् । ढुवानी समेत प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम समेत प्रभावित भएको छ । अवरुद्ध भएको सडक खुलाउने कार्य जारी रहेको सुपरभाइजर शेरचनले जानकारी दिनुभयो ।

पहाडको फेदीमा रहेको सडक कटान भएकाले कालीगण्डकीको बहाव नघटेसम्म मर्मत गरी यातायात सञ्चालन गर्न चुनौती रहेको शेरचनले बताए । यसैगरी जिर्ण अवस्थामा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।

नदी कटानका कारण बेनी– जोमसोम सडक खण्ड अन्तर्गत पर्ने बैैसरी, चमेरे, तितर, जलथले र काभ्रेभिरमा पहिरोले गर्दा बेलाबेलामा आवतजावतमा समस्या सिर्जना गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार