बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग

सन्तोष गौतम/बेनी ,शुक्रबार साउन १० गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ ।

विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

सोही अवसरमा विश्व विद्यालयको टोलीले बरनाथ आधारभूत विद्यालयको भवन मर्मत र शैक्षिक सामग्री खरिद तथा व्यवस्थापनका लागि चार हजार एक सय डलर प्रोफेसर लिले नगर प्रमुख श्रेष्ठलाई उपलब्ध गराउनुभएको थियो ।

सो सहयोग रकम नेपाली करिब चार लाख पचास हजार रुपैयाँ हुन्छ । विश्व विद्यालयका विद्यार्थी र प्रोफेसरहरुको टोलीले विगत केही दिनदेखि बरनाथ आधारभूत विद्यालयको शैक्षिक गतिबिधिमा सघाउदै आएका थिए ।

यसैगरी विश्व विद्यालयले बेनी नगर क्षेत्रको शैक्षिक सुधारका लागि सहयोग गर्ने र स्वमसेवक खटाउने पनि समझदारीमा उल्लेख छ । नगरपालिकाका शिव शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपप्रमुख सञ्जु बरुवाल, कार्यपालिकाका प्रवत्ता बराइली, कार्यपालिका सदस्य गौरी थापा, निमित्त प्रशासकीय अधिकृत युवराज थापा र विश्व विद्यालयका प्रतिनिधिहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार