जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन (फोटो र भिडियो सहित)

बेनी ,सोमबार मंसिर ९ गते ।
१८ औं जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । म्याग्दी जेसिजको आयोजनामा संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले जेसिज सभाहलमा एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद केसीले खेलकुदले जिल्लाको परिचय विभिन्न क्षेत्रमा चिनाएको बताउनुभयो ।

उहाँले प्रतियोगिताले भाइचाराको विकास संगै राष्ट्रिय एकता बलियो बनाउने बताउनुभयो । ‘राष्ट्रिय राजनिती विभाजन भएको समयमा खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको इतिहास छ ,’सांसद केसीले भन्नुभयो ।‘खेलकुदले पुरस्कार मात्र नभई मानसिक ,शारिरीक तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने छ ।’ खेल क्षेत्रको विकासका लािग प्रदेश सरकारले एक स्थानीय तह एक सुविधा सम्पन्न खेलमैदानको निति लिएको बताउनुभयो ।

आगमी बर्षदेखी प्रत्येक स्थानीयतहको सहकार्यमा प्रदेश सरकारको निति कार्यान्यवनमा आउने उहाँको भनाइ छ । यसैगरी म्याग्दी जेसिज शाखा अध्यक्ष खम थापा मगरले खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन तथा उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सहयोगी संस्था तथा चन्दादाताहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै अध्यक्ष थापाले खेललाई मर्यादित र सभ्य बनाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमा जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनज्यकुमार श्रेष्ठ, जेसिज म्याग्दीका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,पुर्व अध्यक्ष विजयकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा २० विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिता मंगलबार विहानदेखी सुचारु हुने हुनेछ । अध्यक्ष जेसि थापाको अध्यक्षता ,मुल संयोजक जेसी हरि संचालन भण्डारीको ,कार्यकारी उपाध्यक्ष जेसी सुजन बरुवालको आस्थापक तथा महासचिव सन्दिप खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सदरमुकाम बेनी स्थित खुल्लामञ्चमा संचालन हुनेप्रतियोगिता आगामी १४ गते सम्म संचालन हुनेछ ।

यसैगरी जेसिज कप प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ।

भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको मुल संयोजक जेसी हरि भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार