धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिती गठन,अण्डाको मुल्य निर्धारण

बेनी ,सोमबार मंसिर १६ गते ।
धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिति गठन गरिएको छ । १४ गते बसेको पोल्ट्री व्यवसायीहरुको संयुक्त बैठकले साविक धौलागिरी अञ्चलका बागलुङ,पर्वत र म्याग्दीलाई समेटेर सो समिति गठन गरेको हो ।


समितिको बागलुङ संयोजकमा रुद्रबहादुर केसी ,म्याग्दी संयोजकमा मुकुन्द शर्मा रिजाल र पर्वत संयोजकमा विदुर शर्मा चयन हुनु भएको छ । भने सदस्यहरुमा इन्द्र बहादुर केसी ,ललित केसी ,ध्रुब श्रेष्ठ ,केदारनाथ पौडेल,र मातृका शर्मा रहेका म्याग्दी संयोजक शर्मा रिजालले जानकारी दिनुभयो । यसैगरी अनुगमण संयोजकमा प्रकाश रखाल ,सदस्यमा साधन श्रेष्ठ र हरि लामिछानेलाई चयन गरेको छ । साथै तीन वटै जिल्ला समन्वय समिति गठनका लागि जिल्ला संयोजकलाई जिम्मा लगाइएको जनाएको छ ।

अण्डा व्यापारमा एकरुपता ल्याउन,किसानालई प्रोत्साहन तथा अण्डा उत्पादकत्व बढाएर साविक धौलागिरी अञ्चललाई अण्डामा आत्मनिर्भर बनाउन तदर्थ समिति गठन गरिएको म्याग्दी संयोजक शर्मा रिजालले बताउनुभयो । तदर्थ समितिले विद्यान बनाइ कार्यसमिति गठन गर्ने जनाएको छ ।

साथै अण्डा व्यवसायी संघले पर्वत ,बागलुङ र बेनी बजारका लागि अण्डाको मुल्य निर्धारण गरेको छ । संयुक्त बैठकले प्रति कार्टुन अण्डाको बजार मुल्य निर्धारण गरेको हो । मुल्य निर्धारण अनुसार प्रति कार्टुन अण्डा २ हजार एक सय २५ रुपैयाँ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार