नगरप्रमुख गैरेद्धारा नव निर्मित लिङ्क सडकको उद्घाटन

थम्मन थापा
बागलुङ ,शनिबार मंसिर २१ गते ।

गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सम्पुर्ण गाउँहरुलाई जोडन लिङ्क रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो ।

सडक निर्माण भए सँगै एक गाउँ देखि अर्को गाउँ सम्म पैदल र यातायात दुवै मार्फत आवागमनमा सहजता हुने वडा अध्यक्ष भण्डारीले बताउनु भयो । त्यस्तै ग्रामिण क्षेत्रमा उत्पादन हुने वस्तुले पनि यातायात मार्फत बजार पाउने वडा सदस्य झहर बहादुर खत्रीले बताउनु भयो ।

खत्रीले भन्नु भयो गलकोट नगरपालिका वडा नं ३ का विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा यो सडकले थप आवागमनमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता प्रदान गर्नेछ । सडकको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रिबन काटेर उदघाटन गर्नुभएको थियो ।

नगर प्रमुख गैरेले सार्वजनिक बस सेवा प्रयोग गरि सडक उदघाटनको निमित्त त्यहाँ पुग्नु भएको थियो । सडक उदघाटन पछि बोल्दै नगर प्रमुख गैरेले सडक विकासको मुख्य मेरुदण्ड भएको भन्दै क्रमश सडकको स्तरोन्नति गर्न गलकोट नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

ग्रामिण क्षेत्रमा बन्ने यस्ता लिङ्करोडले स्थानियको दैनिक जीवनमा सहजता थप्ने नगर प्रमुख गैरेको भनाई छ । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोरा र सडक निर्माण समितिका सचिव हुम बहादुर बोहोराले मन्तव्य राख्नुभएको थियो ।

सडक निर्माण पछि स्थानियबासीहरु हर्षित भएको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेकुलो लमाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बोहोराले बताउनु भयो । सडक उदघाटनको क्रममा पहिलोपटक गाउँमा बस पुग्दा स्थानियले फुलमाला र अविरद्वारा भव्य स्वागत गरेका थिए । सडक उदघाटन कार्यक्रममा जनप्रतिनिधी, स्थानिय समाजसेवी, पत्रकार, स्थानिय र आमा समुहका पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार