बंगलादेशलाई हराउँदै नेपाल फाइनल प्रवेश

काठमाण्डौ ,आइतबार मंसिर २२ गते । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १(० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार