न्यु वेष्ट प्वाइन्टले मनायो २७ औ‌ं वार्षिक उत्सव

बेनी ,बुधबार पुस २ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले २७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गनमा आयोजित दिवसको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ।

उनले शिक्षासँगै खेलकुद गतिविधिमा समेत विद्यालयको लगानीबाट उत्साहित भएको बताउँदै विद्यार्थीलाई ब्यवहारिक ज्ञानको आवश्यकता रहेको बताए ।विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विद्यालयले शैक्षिक क्षेत्रमा गरेका कार्यहरु अनुशरणयोग्य भएको बताउनुभयो ।

विद्यालयले प्रकाशन गरेको सम्बोधित्व विमोचन गरिएको थियो । दिवसको अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ लगाएतले मन्तब्य राख्नुभएको थियो ।सोही अवसरमा विद्यालयको गतिविधिमा सक्रियता देखाउने मन्टेश्वरी देखि स्नातक तहसम्मका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।

कलिला बालबालिका देखि अभिभावक सम्मले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । वेष्ट प्वाइन्ट एजुकेश फाउण्डेशन प्रालीका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, सहायक प्रअ कृष्ण जिसीको सञ्चालन र भाइस प्रिन्सीपल सरोज लकान्द्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल डि।बि दाहालले विद्यालयको गतिबिधिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार