वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै

थम्मन थापा
बागलुङ,शुक्रबार पौष ४ गते ।

रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ समाजमा लगानी गरिरहेका छन ।

कला र गला हुनेहरु विदेशमा रहेपनि नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेका थुप्रै उदाहरण छन । यसै मध्यका एक हस्ती हुन गलकोट नगरपालिका ७ मल्मका कुलबिर थापा । सानै देखि गाउँमा छँदा उनले सामाजिक अभियानमा लागे । सामाजिक संघ संस्थामा विभिन्न पदमा रहेर सकृयता पुर्वक भुमिका निर्वाह गरे । देशमा रोजगारीको वातावरण नभएको कारण उनी १० वर्ष पहिले जापान प्रवेश गरे । विदेशमा गएपछि उनले गाउँ समाजमा विभिन्न संघ संस्था र मेला महोत्सव अनि कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आईरहेका छन । अहिले उनी आफनो रोजगार सँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन ।

केहि वर्ष पहिले देखि उनले बजारमा आफना सृजनाहरु प्रस्तुत गरेका छन । ४र५ वटा गीती एल्वम बजारमा ल्याएका गायक थापाले मोडलिङमा पनि भुमिका निर्वाह गरेका छन । जापानमा हुने विभिन्न कार्यक्रममा उनले आफनो सांगितिक प्रस्तुति दिदै आईरहेका छन । आफनो कामलाई समयको व्यवस्थापन गरेर आफु विभिन्न सांगितिक कार्यक्रममा प्रस्तुत हुने गरेको उनले बताए ।

यसपटक छुट्टीमा उनी नेपाल आएका थिए । उनको २ महिने बसाईमा धेरै कार्यक्रमहरुमा उनलाई निमन्त्रणा गरियो । गलकोट नगरपालिका सँगै ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न कार्यक्रममा उनले दर्शक श्रोतालाई मज्जाले नचाए । गत मंसिरमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवमा पनि उनले आफनो सांगितिक प्रस्तुति प्रस्तुत गरे । छोटो समयमा आफनो छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व पनि हुन । गाउँमा रहँदा समाजसेवामा समर्पित भएर भुमिका निर्वाह गरेका उनले अहिले जापानमा पनि विभिन्न संघ संस्थामा आवद्व रहेका छन । गलकोट समाज जापान ओसाकाका उनी वरिष्ठ उपाध्यक्ष छन भनें सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखामा पनि उनी उपाध्यक्षको रुपमा कार्यरत छन । सामाजिक संस्थामा रहेर सामाजिक गतिविधी र सामाजिक जागरण अभियानमा उनको सकृयता पनि उत्तिकै छ ।

अहिले विदेशमा रहेर पनि उनले गलकोट नगरपालिका वडा नं ७ का विभिन्न संघ संस्था र गाउँ समाजको विकासको निम्ति आफनो क्षेत्रबाट सक्दो सहयोग गर्दै आईरहेको जानकारी दिए । गाउँ समाज र देश निर्माण गर्ने जिम्मा युवाहरुको हो । त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर समाजिक स्वार्थमा हामी प्रेरित हुन जरुरी छ । समाज र देशको समृद्विमा युवा जमात यसै गरि अगाडी बढन सके समृद्व समाज बनाउनमा ठुलो भुमिका रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार