एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

बेनी ,शनिबार माघ ४ गते ।
म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्रछात्रा र उनीहरुले अध्ययन गरेको विद्यालयलाई पुरस्कृत भएका हुन् ।

शनिबार मोना हङकङ ट्रष्ट फण्डद्धारा बेनीमा आयोजित एक कार्यक्रम विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, ट्रष्टका कार्यबाहक अध्यक्ष प्रमोद श्रेष्ठ, मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज रामजालीले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो । २०७४ को एसईई परिक्षामा सहभागि भई ३ दशमलब ९० जिपीए सहित उत्कृष्ट अंक ल्याउने रघुगंगा गाउँपालिका २ स्थित मुक्तिधाम मावि राखुभगवतीका विद्यार्थी अनुपम कटुवाललाई ४० हजार रुपैयाँ , बेनी सामुदायिक मावि बेनीका अश्नवी शर्मा र आशिका आचार्यलाई जनही १२ हजार पाँचसय रुपियाँ नगद पुरस्कार प्रदान गरिएको हो ।

यसै गरी २०७५ को एसईईमा ३ दशमलब ७० जिपिए ल्याई उत्कृष्ट हुने राष्ट्रिय मावि घतानका छात्र निशान चोखाल र ३ दशमलब ६४ जिपिए ल्याएकी गलेश्वर मावि तोरीपानीकी छात्रा मनिषा किसानलाई जनही क्रमशः ४० हजार र २५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको हो । यसै गरी सर्वोत्कृष्ट विद्यालयलाई १० हजार र उत्कृष्ट विद्यालयलाई ७ हजार नगद सहित सम्मान गरिएको ट्रष्टका सहसचिव रमेश गिरीले जानकारी दिनुभयो ।

मोना हङकङले सामुदायिक विद्यालय तर्फ जिल्लामा सर्वोकृष्ट हुने एक जनालाई चालीस हजार र छात्र सर्वोकृष्ट भएको अवस्थामा छात्रातर्फ बढी अंक ल्याउने र छात्रा सर्वोकृष्ट भएमा छात्रतर्फ प्रथम हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै आएको छ ।संस्थाले वि.स २०६७ देखि एसएलसीमा सर्वोकृष्ट हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहनका लागि पुरस्कृत गर्दै आएको मोनाका संस्थापक अध्यक्ष रामजालीले बताउनुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले पुरस्कारले विद्यार्थीहरुको शैक्षिक विकासका लागि थप हौशला मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रवासमा रहेर पनि जिल्लाको शैक्षिक विकासमा मोना हङकङले महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाई थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, शिक्षा इकाईका प्रमुख दलबहादुर थापा, उत्कृष्ट छात्र अनुपम कटुवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यबाहक अध्यक्ष श्रेष्ठको अध्यक्षता सचिव रमेश गिरीको सञ्चालन तथा मोना हङकङका संस्थापक अध्यक्ष राम्जालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार