अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै नेबि संघ र तरुण दलकोे विरोध (तस्बिर र भिडियो सहित )

बेनी ,आइतबार माघ २६ गते ।
बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् ।

अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको विरोध गर्नुपरेको कोण सभामा बोल्न ब्यक्ताहरुले बताएका छन् । विविध नारा सहित पार्टी कार्यालय संगमचोकबाट निस्कीएको ¥याली बेनी बजार परिकर्मा गरि विरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्यागदीका सभापती खम बहादुर गर्बुजा खम्बीरले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नगरि काँग्रसका नेतालाई फसाउन खोजेको बताउनुभयो । संविधान सभा सदस्य रेशम बानियाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको बताउनुभयो ।


https://www.facebook.com/myagdinews/videos/2514615462090999/

कार्यक्रममा उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या मिन बहादुर कार्की, सह–सचिव भरत बहादुर रकाले नेपाल विद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री लगाएत बोल्लुभएको थियो ।
ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार