नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुँदै (तस्बिर /भिडियो सहित)

बेनी ,आइतबार फागुन १८ गते ।
नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा एघारौं राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगमी फागुन २७ र २८ गते संघले आइतबार बेनीमा पत्रकार भेटमा भेलाको तयारीको बारेमा जानकारी गराएको हो ।


संघको ९ बुदे प्रस्तावमा छलफलका लागि विस्तारित भेला बोलाइएको अध्यक्ष बिष्णुकुमार थापाले जानकारी दिए । भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने भएको छ ।


देशभरबाट ६५० जना प्रतिनिधिहरुको सहभागिता रहने भेला जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिने भएको छ । भेलाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनको तयारी सुरु गरेको अध्यक्ष थापाले बताउनुभयो ।

नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुँदै

नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुँदै

Posted by MyagdiNews.com on Sunday, March 1, 2020


भेलाको अवसरमा सांगठनिक प्रशिक्षण, मौलिक सामुहिक नृत्य, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको संघका महासचिव प्रेम रोकामगरले जानकारी दिनुभयो । नेपाल मगर संघ म्याग्दीका सचिव खम थापा मगरले भेला सफल बनाउन स्थानीय स्तरमा सहयोग गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार