कोरोनाको संक्रमण नरोकिएपछि भारतमा “लक डाउन”


काठमाडौं ,आइतबार चैत ०९ गते । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ ।

कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ ।

उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज्यमा पनि लक डाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थप महामारी बढ्न नदिन भारतले अन्तर प्रदेश बस र रेल सेवा बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयका अनुसार, ३१ मार्चसम्म अन्तर बससेवा स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रुबाहक रेल सेवा बन्द गरिएको छ ।

भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् । कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित छन् ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार