चट्याङ लागेर बागलुङ्गमा एक युवकको मृत्यु

बाग्लुङ,शुक्रबार चैत २९ गते । बाग्लुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर उनसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छिन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ । रासस/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार