रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

उनीहरु सँगै सुतेका मध्य ५० वर्षीय हजुरआमा पहिरोमा च्यापिएर घाइते भएकी छन् । घाइते हजुरआमाको उपचारको लागिप्रथामिक स्वास्थ्यचौकी सुलिचौर पठाएको लुङग्री गाउँपालिका १ का वडा अध्यक्ष मति पुनले जानकारी दिए ।

३० वर्षीय आमाननकली घर्ती मगरको भने स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष पुनले बताए । अध्यक्ष पुनका अनुसार मृतक बालकका बुवा ज्ञानसिंह घर्तीमगर करिव ८ वर्ष देखि मजदुरी गर्न भारत गएका थिए । उनि अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् भने हजुरबुवा अहिले मजदुरीकै क्रममा गोरखामा रहेका छन ।‘परिवारको आर्थिक अवस्था नाजुक छ, राहातका लागि छिटै नै वडा र गाउँपालिकासँग छलफल तथा समन्वय गरेर राहात वितरण गर्ने तयारी थालेका छु’,–अध्यक्ष पुनले भने ।

विहानै देखि गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी, स्थानीय र इलाका प्रहरी कार्यालय सुलिचौरको टोली उद्धारमा खटेका छन् । मृतक वालकको शव पोष्ट मार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।postpati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार