कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका २१ वर्षीय पुरुष , लमजुङ सुन्दरबजारका ८ पुरुष तथा २ महिला , तनहुँ ब्यास र म्याग्देका ४ पुरुष तथा १ महिला र नवलपुर बिनयत्रिबेणीका ३ पुरुष तथा ३ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६८ पुगेको छ ।यसैगरी ,गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।