नेपालमा १ हजार १५४ जना कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार यो संगै कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।यसैगरी ,बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिनुभयाे ।

संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४२७ पुगेको गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार