बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको हो । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी हुन् ।

मृतक ४७ वर्षीय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापीसमेत दिइएको र उपचारका सबै उपायहरु अपनाउँदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

मृतकमा पहिलेदेखि नै मधुमेहको रोग रहेको र उपचारका क्रममा फोक्सोको दुवै भागमा निमोनिया देखिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार